विष्णु पौडेलका मान्छेले बुटवलमा दनक भेटे

बुटवल । बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले ज्योतिनगरमा दनक भेटेका छन् ।

ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई स्थानीय एक युवकले मुक्का हानेर ढालेका हुन् । मुक्का खाएका मेयर सुवेदीलाई प्रहरीले बचाएर लगेको छ ।

पहिरो अवलोकनका लागि मेयर सुवेदी, नगर प्रहरी, नेपाल प्रहरीको टोली लिएर दलबलसहित पुगेका थिए ।

सो स्थानमा केही दिन अगाडि पहिरो खसेर घरहरूमा क्षति पु¥याएको थियो । सोमबार पनि पहिरो खस्दा ३ वटा घरमा क्षति पुगेको छ ।

पहिलोमा परेका जनताको माग सुनुवाइ नगरेको भन्दै रिसाएका स्थानीयले मेयर सुवदीमाथि आक्रमण गरेको जनाएका छन् ।

एमालेबाट निर्वाचित मेयर सुवदीले जनताको काम गर्नेभन्दा पनि लापरबाही गरेको भन्दै आलोचना हुँदै आएको छ । मेयर सुवेदी एमालेका नेता विष्णु पौडेल निकटका मानिन्छन् ।

Published : Monday, 2021 September 20, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया