कांग्रेस नेता एवम् जिउँदो शहीद स्व.ठाकुरलाई पदक प्रदान

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले कांग्रेसका नेता एवम् जिउँदो शहीदका नामले परिचित स्व.अरविन्दकुमार ठाकुरलाई प्रसिद्ध प्रवल जनसेवा श्री पदकबाट सम्मानित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले स्व.ठाकुरको योगदानको कदर गर्दै पदक प्रदान गरेको हो । संविधान दिवसका अवसरमा सरकारले आइतबार स्व.ठाकुरलाई पदक प्रदान गरेको छ ।

स्व.ठाकुरीकी छोरी रश्मी ठाकुरले सरकारले आफ्ना बुबाको सम्मान र योगदानको कदर स्वरुप प्रदान गरेको पदकप्रति सरकारलाई धन्यावाद दिएकी छिन् ।

कांग्रेसका नेता स्व.ठाकुरले पहिलो पटक ठूलो सम्मान र पदक पाएका छन् । कांग्रेसले स्व.ठाकुरको सम्मान गर्दै तराई मधेशप्रति आफ्नो सम्मान प्रकट गरेको छ ।

Published : Sunday, 2021 September 19, 9:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया