सरकारद्वारा प्रचण्डकी पत्नीलाई आकर्षक पदक प्रदान, यी न्यायाधीश र वकिलहरूको भाग्य खुल्यो

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरेको छ ।
पदक पाउनेमा अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण प्रदान गरिएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पाएका छन् ।

प्रतिनिधिसभा विघटनको पहिलो मुद्दामा संवैधानिक इजलासमा रहने सबै न्यायाधीशहरू पदकबाट विभूषित भएका छन् ।

महालेखा परीक्षक टंकमणि शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि प्रसिद्ध प्रवल जनसेवाश्री पदक पाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई पनि राजनीतिक अभियन्ता भनेर चितवनको ठेगाना राखी प्रसिद्ध प्रवल जनसेवाश्री पदक दिइएको छ ।

मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रदेश प्रमुख तिलक परियार, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि यही पदक पाएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरू सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित भएका छन् ।

वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्का पदक पाउनेहरूको सूचीमा छन् ।

कानूनका विद्यार्थी सुलभ खरेल र समृत खरेलले पनि जनसेवाश्री पाएका छन् ।

Published : Sunday, 2021 September 19, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया