तरुण उपाध्यक्ष चापागाइँले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

उपाध्यक्ष चापागाइँले कांग्रेसको केन्द्रीय सदस्यका लागि तयारी गरे पनि औपचारिक रुपमा घोषणा गरेका छैनन् । उनले शीर्ष नेता र साथीभाईहरूको सरसल्लाहमा उपयुक्त समयमा उम्मेदवारी घोषणा गर्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट मानिने चापागाइँले एकलौटी रुपमा हतार गरेर उम्मेदवारी घोषणा नगर्ने बताए ।

‘म कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने सोँच बनाएको छु’, उनले भने, ‘टिमको नेता र साथीभाईहरूको परामर्शमा अगाडि बढ्नेछु ।’

कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर पार्टीमा काम गर्ने पक्षमा आफू रहेको उनले बताएका छन् ।

Published : Friday, 2021 September 17, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया