बागमती कांग्रेसको सभापतिमा थापाको नजर, भित्रभित्रै गृहकार्य

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

थापाले कांग्रेसको बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने गरेर तयारी गरेका हुन् । थापाले भने, ‘कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा मैले अन्तिम निर्णय गरिसकेको छैन । साथीहरूसँग परामर्शहरू भइरहेको छ । शीर्ष नेतृत्वसँगसँगको सल्लाह र परामर्शमा मेरो उम्मेदवारी हुनेछ ।’

यद्यपि, थापाले आफू कांग्रेसको बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने सोँचमा रहेको बताए । थापा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनले देउवा समूहबाटै आफ्नो उम्मेदवारी हुने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दिन सक्ने चर्चा छ ।

बानियाँले मुख खोलेका छैनन् । बानियाँको चर्चा कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि पनि छ । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता समेत रहेका बानियाँलाई केन्द्रीय कार्यसमिति र बागमती प्रदेशको सभापतिमध्ये एकमा उम्मेदवार बन्न दवाव छ । बानियाँ पनि सभापति देउवा निकट मानिन्छन् ।

बागमती प्रदेश कांग्रेसको सभापतिमा बानियाँ र थापाको दाबी प्रस्तुत भयो भने यी दुबै नेताले सहमतिले एक जनालाई अगाडि बढाउन सक्ने चर्चा पनि छ । बानियाँ र थापा निकटका साथी पनि हुन् । दुबैले एकअर्कालाई असर पर्ने गरेर यसअघि राजनीति गरेका छैनन् ।

Published : Friday, 2021 September 17, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया