कांग्रेस नेता खतिवडाले कुन पदमा उम्मेदवारी दिन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने योजना बनाएको बताएका छन् ।

उउनले भने, ‘फोटो खिचेर फेसबुकमा राख्न भ्याएको छैन । जिल्ला अधिवेशन र प्रदेश अधिवेशन सम्पन्न भयो भने उम्मेदवारीबारे भनौँला । मलाई पनि केन्द्रीय कार्यसमितिमा जाने इच्छा छ । म सभापति, उप–सभापति, महामन्त्री पदको उम्मेदवार होइन । सर सल्लाह गरेर मात्रै उम्मेदवारी घोषणा गर्छु । एक्लै उम्मेदवारी घोषणा गर्दैन ।’

बिहीबार एउटा युट्युवसँगको अन्तर्वार्ताका क्रममा खतिवडाले सह–महामन्त्री पदमा उम्मेदवारी दिने सोँचमा आफू रहेको बताए । उनले नेता कार्यकता तथा पार्टीका शीर्ष नेताहरूसँगको परामर्शमा आफूले अन्तिम उम्मेदवारी दिने बताएका छन् ।

‘मैले आजसम्म गरेका कामहरू र आजसम्मको मेरो अनुभवका आधारमा म यो पदका लागि योग्य छु जस्तो लाग्छ’, खतिवडाले भने, ‘त्यसैले मेरो दाबी सहमहामन्त्रीमा रहन्छ ।’

कांग्रेस नेता खतिवडाले तत्काल उम्मेदवारी घोषणा भने नगर्ने जनाएका छन् । उनले भने, ‘हतार गरेर मैले कुनै पनि पदमा उम्मेदवारी घोषणा गर्दैन । सबैको सरसल्लाहमा उम्मेदवारी दिन्छु ।’

Published : Thursday, 2021 September 16, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया