राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी अस्पतालहरूमा सुधार गर्न शुरू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालहरू देशको स्वास्थ्य सेवाका अनुहार रहेको बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘यी अस्पतालहरूको सुधारका लागि म प्रतिवद्ध छु ।’ राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पतालहरूमा सुधारका लागि हात हालेको संकेत दिएका छन् ।

देशभरिका सरकारी अस्पतालहरूले गरिब जनतालाई स्वास्थ्य सुविधा दिँदै आएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पतालहरूको सुधार गर्न चासो देखाएपछि उत्साह थपिएको छ ।

‘निर्देशकज्यूहरूलाई भनेको छु– जे समस्या छ, स्पष्ट रूपमा मलाई रिपोर्टिङ गर्नुहोस् । समाधानका लागि म उच्च राजनीतिक नेतृत्वलाई जानकारी गराई हरसम्भव यत्न गर्नेछु ।’

स्वास्थ्य राज्यमा नियुक्ति हुँदा श्रेष्ठको आलोचना भएको थियो । श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा सुधारका कामहरू गरेपछि विरोधीहरूले प्रशंसा गर्न थालेका छन् ।

Published : Wednesday, 2021 September 15, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया