सानेपाको धर्नामा महामन्त्री कोइराला सहभागी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचन निर्देशिका समावेशी बनाउन मागसहित धर्नामा बसेकाहरूप्रति ऐक्यबद्धता जनाएका छन् ।
दलित कोटा कायम गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा बुधबार पनि उपत्यका दलित संघले धर्ना दिएको थियो । धर्नामा सहभागी भएर कोइरालाले ऐक्यबद्धता जनाएका हुन् ।
उपत्यकाका तीन जिल्लाका दलित संघले ७ दिनदेखि धर्ना दिइरहेका छन् ।
धर्नाप्रति महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मा, भीमसेनदास प्रधानलगायतले ऐक्यबद्धता जनाइसकेका छन् ।
धर्नामा १४औँ महाधिवेशनमा दलित प्रतिनिधिको कोटा कटौती गरिएको भन्दै निर्वाचन निर्देशिका संशोधन गर्न माग गरिरहेको दलित संघ काठमाडौंकी अध्यक्ष गंगा सुनारले बताएकी छिन् ।
उपत्यकाका तीन जिल्लासहित १८ जिल्लामा दलित महाधिवेशन प्रतिनिधि आउने अवस्था नरहेपछि चार दिनदेखि धर्ना थालिएको जानकारी दिइन् ।
धर्नामा सहभागी नेताहरूका अनुसार १४औँ महाधिवेशनमा दलित जातीय समुदायको संख्यात्मक प्रतिनिधित्व १३औँ महाधिवेशनको तुलनामा ३ प्रतिशतले घट्ने देखिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया