ओलीलाई सर्वोच्चबाट धक्का, बालकोटले जिल खायो

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो झट्का लागेको छ ।

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)मा जान बाटो खोलिदिएको छ । सर्वोच्चको आदेशले माधव नेपाललाई राहत मिलेको छ भने ओलीलाई तनाब भएको छ ।

सांसदद्वय पाण्डे र भट्टलाई दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी भएको छ ।

‘निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरुको सो दलमा आबद्ध हुने पाउने हकमा असर पर्नेगरी कुनै काम कारबाही नगर्नु, नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरुका नाउमा अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा उल्लेख छ ।

एमालेका अध्यक्ष ओलीले सर्वोच्चले सांसदद्वय पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा जानबाट बाटो रोकिदिन्छ कि भन्ने अपेक्षामा थिए । अपेक्षा गरेभन्दा फरक आदेश आएपछि बालकोटमा बसेका ओली तनाबमा परेको चर्चा छ ।

Published : Tuesday, 2021 September 14, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया