एमालेको अर्को प्रदेश सरकार पनि ढल्ने पक्का, पत्र पुगेपछि आचार्यको सातो गयो

विराटनगर । नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ को सरकारबाट समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री भीम आचार्यको सरकार ढल्ले पक्का भएको छ ।

सोमबार प्रदेशसभा सचिवालयमा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ । दुई हप्ता अगाडि मात्रै मुख्यमन्त्री बनेका आचार्यलाई तनाब भएको छ ।

एकीकृत समाजवादीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई समर्थन फिर्ता लिएको पत्र हस्तान्तरण गरेकी छिन् ।

रेग्मीले एमालेको प्रदेश सरकार अल्पमतमा रहेको भन्दै एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमतिमा पुग्ने बताएकी छिन् ।

एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय वार्ता टोली गठन पनि गरिएको छ ।

प्रदेशसभाका सचिव पराजुलीले एकीकृत समाजवादीको समर्थन फिर्ता पत्रका सम्बन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको बताएका छन् ।

प्रदेश १ मा एकीकृत समाजवादीका प्रदेश सभामा १० जना सांसद रहेका छन् ।

Published : Monday, 2021 September 13, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया