झलनाथले खोलिदिए ओलीको ५ सय अर्ब प्रकरणको पेटारो, नाङ्गे झार बन्यो बालकोट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दुईतिहाइ बहुमत पाउँदा पनि सरकार र पार्टी चलाउन नसकेको असक्षम नेताको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान अन्तर्वार्ताका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए । ओलीको भूमिका एमालेको राजनीतिमा समाप्त भएको उनले बताएका छन् ।

‘ओलीको भूमिका एमालेमा सक्कियो । दुईतिहाइ बहुमतलाई सम्हाल्न सक्नुभएन’, खनालले भने, ‘ओली असक्षम, असफल र विवेकहीन नेताहरू हो भन्ने कुरा आफैले पुष्टि गर्नुभएको छ ।’

‘एमालेबाट नैतिक रुपबाट राजीनामा दिएर ओलीजीले पार्टीमा रहेका युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’, खनालले भनेका छन् ।

‘ओलीजीले धेरै गफ हाक्नुभएको छ । हामीले धेरै गफ देख्यौँ’, नेता खनालले भने, ‘ओलीजीले ५ सय अर्ब अमेरिकाबाट ल्याउने भनेर भाषण गरेको होइन ? खै ५ सय अर्ब ? सम्झौता गरेको ५ सय अर्ब जनताले खोज्छन् । यस्तो झुठ कुरा गरेर ठगी गर्नु हुँदैन ।’

नेता खनालले भने, ‘ओली ठग राजनीतिज्ञ हो । ओली दक्षिणवादी अवसरवादी हो ।’

ओलीका अहँकार, दम्भ र निरंकुशताका कारण एमाले विभाजन भएको नेता खनालले आरोप लगाएका छन् । एमालेभित्र विभाजनको ठूलो असर परेको उनले बताए ।

उनले भने, ‘एमालेभित्र बिद्रोह सल्किदै गएको छ । ७७ जिल्लामा बिद्रोह सल्किएको छ । ओलीको निरंकुशताविरुद्ध बिद्रोह हुने क्रम जारी छ ।’

Published : Monday, 2021 September 13, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया