वडा अधिवेशनको उत्साहले कांग्रेसको जित सुनिश्चित छ : धादिङ तरुण अध्यक्ष विश्वकर्मा
धादिङ । नेपाल तरुण दल धादिङले नेपाली कांग्रेसको वडा अधिवेशनहरूमा सहभागी भएका क्रियाशील सदस्य, नेता कार्यकर्ता र निर्वाचनमा खटिएका कर्मचारीहरूलाई धन्यावाद दिएको छ ।
तरुण अध्यक्ष गोपाल विश्वकर्माले विज्ञप्ति जारी गरेर कांग्रेसको वडा अधिवेशनमा सहभागी सबैलाई धन्यावाद दिएका हुन् । उनले वडा अधिवेशनबाट निर्वाचित भएर आएका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरूलाई बधाइ तथा शुभकामना दिएका छन् ।
तरुण अध्यक्ष विश्वकर्माले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधार स्तम्भको रुपमा रहेका नेता कार्यकर्ता र क्रियाशील सदस्यहरूले वडा अधिवेशनमा देखाएको उत्साहले कांग्रेसको जित आगामी निर्वाचनहरूमा निश्चित रहेको बताएका छन् ।
उनले कांग्रेसको महाधिवेशनमा राम्रा र सक्षम नेताहरूलाई मतदान गरेर नेतृत्वमा पु¥याउन अनुरोध गरेका छन् । धादिङ कांग्रेसको वडा अधिवेशनहरूमा तरुण दलका नेता कार्यकर्ताहरू वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि बनेर आएकोमा खुसी व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया