वडा अधिवेशनको उत्साहले कांग्रेसको जित सुनिश्चित छ : धादिङ तरुण अध्यक्ष विश्वकर्मा

धादिङ । नेपाल तरुण दल धादिङले नेपाली कांग्रेसको वडा अधिवेशनहरूमा सहभागी भएका क्रियाशील सदस्य, नेता कार्यकर्ता र निर्वाचनमा खटिएका कर्मचारीहरूलाई धन्यावाद दिएको छ ।

तरुण अध्यक्ष गोपाल विश्वकर्माले विज्ञप्ति जारी गरेर कांग्रेसको वडा अधिवेशनमा सहभागी सबैलाई धन्यावाद दिएका हुन् । उनले वडा अधिवेशनबाट निर्वाचित भएर आएका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरूलाई बधाइ तथा शुभकामना दिएका छन् ।

तरुण अध्यक्ष विश्वकर्माले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधार स्तम्भको रुपमा रहेका नेता कार्यकर्ता र क्रियाशील सदस्यहरूले वडा अधिवेशनमा देखाएको उत्साहले कांग्रेसको जित आगामी निर्वाचनहरूमा निश्चित रहेको बताएका छन् ।

उनले कांग्रेसको महाधिवेशनमा राम्रा र सक्षम नेताहरूलाई मतदान गरेर नेतृत्वमा पु¥याउन अनुरोध गरेका छन् । धादिङ कांग्रेसको वडा अधिवेशनहरूमा तरुण दलका नेता कार्यकर्ताहरू वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि बनेर आएकोमा खुसी व्यक्त गरेका छन् ।

Published : Sunday, 2021 September 12, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया