कांग्रेसका संस्थापक नेता शुवर्णशम्शेर राणाका छोराको निधन

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता स्व.सुवर्णशम्शेर राणका कान्छा छोरा रुक्मशम्शेर राणाको निधन भएको छ ।

राणाको शनिबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि राणाले नियमित डाइलाइसिस गर्दै आएका थिए । उनको जन्म सन १९३६ मार्च १२ मा भएको थियो ।

राणा नेपाली ओलम्पिक कमिटीका पूर्वअध्यक्ष र भारतका लागि नेपाली पूर्व राजदूत बनेका थिए । राणा ब्यवसायी पनि हुन् ।

भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुन् ।

राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्य सचिव थिए । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।

उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए ।

Published : Saturday, 2021 September 11, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया