सूर्यविनायक नगर सभापतिमा ढुंगेलको उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव निशान ढुंगेलले सूर्यविनायक नगरपालिकाको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

भक्तपुरका लोकप्रिय युवा नेता ढुंगेलले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै चर्चा शुरु भएको छ ।

ढुंगेलले भने, ‘पार्टीका साथीहरूसँगको सरसल्लाहमा सूर्यविनायक नगर कार्यसमितिमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको छ ।’

‘कांग्रेसमा मैले गरेको कामको कार्यकर्ता र प्रतिनिधिहरूले बुझ्नु भएको छ’, उनले भने, ‘सबैको सरसल्लाहमा अगाडि बढ्नेछु ।’

नेता ढुंगेलले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेपछि नेपाल तरुण दल भक्तपुरले पनि समर्थन जनाएको छ ।

कांग्रेसको नगरपालिका तथा गाउँपालिकाको अधिवेशन असोज ९ गते देशभरि एक साथ हुँदैछ ।

Published : Friday, 2021 September 10, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया