प्रहरी अस्पतालमा रोजगारी खुल्यो, कुन–कुन पदमा दरखास्त आह्वान ?

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा विभिन्न १६ पदमा दरखास्त आह्वान गरेको छ ।

शुक्रबार जारी भएको सूचनाअनुसार ९९ जनालाई जागिरको अवसर खुलेको हो ।

प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फ रिक्त रहेका विभिन्न समूहका दरबन्दीमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।

स्वास्थ्य समूह तर्फ चिकित्सक, नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याब टेक्निसियन, ल्याब टेक्नोलोजिष्ट, बायोमेडिकल इन्जिनियर, डेन्टल अधिकृत, सीएमए, अनमी लगायतका पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ ।

सबैभन्दा धेरै स्टाफ नर्स र मेडिकल अफिसरको माग गरिएको छ ।

Published : Friday, 2021 September 10, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया