११ करोड अवैध सम्पत्ति काण्डमा ओलीका मान्छेले सफाइ पाए
काठमाडौं । सर्वोच्च अदालतले एमालेका युवा नेता पर्शुराम बस्नेतलाई सफाइ दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा युवा संघ नेपालका नेता बस्नेतलाई सर्वोच्चले बिहीबार सफाइ दिएको हो ।
न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको संयुक्त इजलासले बस्नेतलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको छ ।
विशेष अदालतले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ११ करोड ४१ लाख अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतसहित पाँच जनाविरूद्ध २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सर्वोच्च अदालत पुगेको लामो समयपछि बस्नेतले मुद्दामा सफाइ पाएका हुन् ।
विराटनगरलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतको सम्पत्तिमाथि अनुसन्धान गरी विभागले अदालतमा मुद्दा पुर्याएको थियो ।
एमालेका नेता महेश बस्नेत र पर्शुराम बस्नेतबीच तीन–चार वर्ष अगाडि राम्रो सम्बन्ध थियो । अहिले उनीहरूका बीच राम्रो सम्बन्ध नरहेको चर्चा एमालेभित्र छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पर्शुराम बस्नेतलाई मन पराउँछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया