कांग्रेस नेता स्व.खुमबहादुरका छोरा अनुरागको वडा अधिवेशनमा के भयो ?

लमही । नेपाली कांग्रेसका स्व.नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।

दाङको लमही नगरपालिका– ८ को वडा अधिवेशनमा युवा नेता खड्का सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । सक्रिय राजनीतिमा तीन वर्षदेखि लागेका खड्का दाङको देउखुरीलाई राजनीतिक केन्द्र बनाएका छन् ।

लमही नगरपालिकाको वडा नम्बर ८ को वडा सभापतिमा यादवनाथ योगी चयन भएका छन् । योगी संगीतकार पनि हुन् ।

क्षेत्रीय प्रतिनिधिमा प्रताप खड्का, उमेश खड्का, कर्णबहादुर बुढाथोकी, लालबहादुर बुढाथोकी, तिलक बुढाथोकी, दिकपाल योगी, मेघनारायण चौधरी, तारा नेपाली, नारायणी खड्का, सुलोचना खड्कालगायत चयन भएका छन् ।

Published : Wednesday, 2021 September 8, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया