ढोरपाटन– ६ मा कांग्रेसको नयाँ कार्यसमिति सर्वसम्मत, को–को बने प्रतिनिधि ?

ढोरपाटन । नेपाली कांग्रेस बाग्लुङको ढोरपाटन नगरपालिका– ६ मा सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।

वडा सभापतिमा प्रेम भण्डारी सर्वसम्मत भएको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले जानकारी दिए ।

उप–सभापतिमा मदन भण्डारी र मिलन अदै, सचिवमा दीपक भण्डारी र जितेन्द्र अदै, सह–सचिवमा नवीनकुमार भण्डारी र उज्जेली अदै तथा कोषाध्यक्षमा भरत पुन मगर सर्वसम्मत भएका छन् ।

क्षेत्रीय प्रतिनिधिमा देवेन्द्रकुमार घर्ती मगर, जीवनकुमार पुन मगर, सुमित पुन, सुरजकुमार, अदै मगर, शिखर पुन, जमुना घर्ती मगर, लक्ष्मी अदै, अरुण भण्डारी, सरिता भण्डारी, तमबहादुर बुढा मगर, दीपना बुढा, गोपाल बिक, सुशीला विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

Published : Tuesday, 2021 September 7, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया