तिजको दुई दिन अगाडि काठमाडौंमा एमालेलाई दशा लाग्यो, ओलीका मान्छे पक्राउ
काठमाडौं । तिज पर्व आउनुभन्दा दुई दिन अगाडि काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जन घुसको रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई दुई लाख नगदसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग २ घुस माग गरेको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले महर्जनलाई सेवाग्राहीबाट दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका– १४ कलंकी, खसी बजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
घुससहित पक्राउ परेका महर्जन स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । झण्डै दुईतिहाइको बहुमत पाएका कम्युनिस्टहरूले साढे तीन वर्षमा काम गर्न नसकेर सत्ता गुमाउँदा समेत घुस खान छाडेका छैनन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एमालेलाई समेत बचाउन नसकेका बेला उनकै पार्टीका निर्वाचित वडा सदस्य काठमाडौंमा घुससहित पक्राउ परेपछि एमालेहरूलाई तनाब भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया