कांग्रेस नेता खतिवडाको वडामा के भयो ? ओखलढुंगाका अधिकांश वडामै सहमति

मानेभञ्ज्याङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको वडामा सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।

ओखलढुंगा जिल्लाको मनेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ६ मा सर्वसम्मत रुपमा गायत्री दाहाल सभापतिमा निर्वाचित भएको खतिवडाले बताए ।

उनले भने, ‘मेरो वडा मात्रै होइन ओखलढुंगा जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छौँ ।’

उनले भने, ‘सहमति हुन नसकेका केही वडाहरूमा प्रजातान्त्रिक प्रक्रियाबाट मित्रवत प्रतिस्पर्धा गरेर नयाँ नेतृत्व र प्रतिनिधिहरू चयन भएका छौँ ।’

कांग्रेस नेता खतिवडाको घर रहेको वडा मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ६ रहेको छ । वडाबाट १८ जना प्रतिनिधिहरू चयन भएका छन् ।

युवा नेता खतिवडाले कांग्रेसको १४औँ महाधिवेशनलाई सकेम्म सहमति, सहकार्य र मेलमिलापको नीतिका साथ अगाडि बढाउनुपर्ने बताए । उनले सहमति हुन नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गरेर जानुपर्ने उल्लेख गरे ।

Published : Friday, 2021 September 3, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया