कांग्रेस नेता खतिवडाको वडामा के भयो ? ओखलढुंगाका अधिकांश वडामै सहमति
मानेभञ्ज्याङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको वडामा सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।
ओखलढुंगा जिल्लाको मनेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ६ मा सर्वसम्मत रुपमा गायत्री दाहाल सभापतिमा निर्वाचित भएको खतिवडाले बताए ।
उनले भने, ‘मेरो वडा मात्रै होइन ओखलढुंगा जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छौँ ।’
उनले भने, ‘सहमति हुन नसकेका केही वडाहरूमा प्रजातान्त्रिक प्रक्रियाबाट मित्रवत प्रतिस्पर्धा गरेर नयाँ नेतृत्व र प्रतिनिधिहरू चयन भएका छौँ ।’
कांग्रेस नेता खतिवडाको घर रहेको वडा मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ६ रहेको छ । वडाबाट १८ जना प्रतिनिधिहरू चयन भएका छन् ।
युवा नेता खतिवडाले कांग्रेसको १४औँ महाधिवेशनलाई सकेम्म सहमति, सहकार्य र मेलमिलापको नीतिका साथ अगाडि बढाउनुपर्ने बताए । उनले सहमति हुन नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गरेर जानुपर्ने उल्लेख गरे ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया