कांग्रेसकी युवा नेतृ स्वस्तिकाले बाजी मारिन्, सभापतिमा सर्वसम्मत

दुल्लु । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ३ मा युवा नेतृ स्वस्तिका महत नेपाली कांग्रेसको वडा कार्यसमितिमा सभापति पदमा सर्वसम्मत चयन भएकी छिन् ।

शुक्रबार भएको कांग्रेसको वडा अधिवेशनबाट नेतृ महतसभापति चयन भएकी हुन् । उनी सर्वसम्मत सभापति भएको निर्वाचन समितिले जनाएको छ ।

दुल्लु नगरपालिका वडा नम्बर १० का युवा नेता दीपेन पुरी पनि वडा सभापति चयन भएका छन् । पुरी पनि सर्वसम्मत वडा सभापति चयन भएका हुन् ।

Published : Friday, 2021 September 3, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया