कांग्रेसको महाधिवेशनले हिन्दुको एजेण्डा बोक्नुपर्छ : शंकर भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले कांग्रेसको अबको नेतृत्व हिन्दुत्वको एजेण्डा बोक्नेले गर्ने बताएका छन् ।

राष्ट्र र राष्ट्रियताको रक्षाका लागि हिन्दुत्वको एजेण्डा अपरिहार्य भएको समेत भण्डारीले बताएका छन् ।

तनहुँमा स्थानीय पत्रकारहरूसँग बिहीबार कुरा गर्दै भण्डारीले हिन्दुत्वको एजेण्टा पार्टी सभापति शेरबहादुर देउवाले पनि उठाइदिए हुन्थ्यो भन्ने आफ्नो व्यक्तिको विचार रहेको बताए ।

पार्टी सभापति देउवा हिन्दुत्वको एजेण्डा नबोकेको खण्डमा अन्य नेता जसले बोक्छ उसैसँग आफ्नो सहकार्य हुन सक्ने संकेत गरे ।

हिन्दुत्वको एजेण्डा बोक्ने व्यक्ति नै १४औं महाधिवेशनमा कांग्रेसको सभापति हुने नेता भण्डारीले बताएका छन् ।

हिन्दुत्वको एजेण्डा लिएर आफू देशव्यापी रुपमा कार्यकर्तामाझ जाने भण्डारीले बताएका छन् ।

नेता भण्डारीले कांग्रेसमा हिन्दुको विषयलाई जबरजस्त रुपमा उठाएका छन् । उनको एजेण्डामा कांग्रेसका नेताहरू आउन थालेका छन् ।

Published : Friday, 2021 September 3, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया