यी हुन उत्तीर्ण भएका ५०३ जना असईहरू (नाम)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा उत्तीर्ण भएका ५०३ जनाको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

५०३ जना प्रहरी सहायक निरीक्षकमध्ये पहिलो नम्बरमा निराजन बस्नेतले नाम निकालेका छन् । दोस्रोमा शिशिर गौतम र तेस्रोमा नवीन शर्माको नाम रहेको छ ।

सबैभन्दा पुच्छार ५०३ नम्बरमा अभिनन्दन कुशवाहाको नाम रहेको छ ।

नेपाल प्रहरीका रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार अन्तर्वार्तामा उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका उम्मेदवारहरूले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्र र प्रतिलिपिहरू २–२ प्रति, पासपोर्ट साईजको फोटो ४ प्रति समथमा लिइ २०७८ भदौ २८ गते ११ बजे प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंमा उपस्थित हुन सूचनामा जनाइएको छ ।

Published : Friday, 2021 September 3, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया