दाङमा कांग्रेसको वडा अधिवेशन सर्‍यो

घोराही । नेपाली कांग्रेस दाङले वडाको अधिवेशनको मिति भदौ २१ गतेसम्म सरेको छ ।

यसअघि शुक्रबारदेखि वडा अधिवेशन गर्ने भनिएको थियो । दाङमा वडा अधिवेशन भदौ २१ गतेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले सहमतिमा १७ गतेको वडा अधिवेशन २१ गतेसम्म सारिएको बताए । उनले भदौ २० गते वडाहरूमा बैठक बसेर वडा अधिवेशनको तयारी गरिने उनले बताए ।

बिहीवार बसेको सर्वपक्षीय बैठकले भदौ २१ गते वडाको निर्वाचन गर्ने निर्णय भएको कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगीले बताएका छन् ।

केन्द्रीय कार्यालयले १८ गते अधिवेशनको मिति तय गरेको थियो । विविध कारणले २१ गतेसम्म अधिवेशन सक्ने निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृतसहित जिल्लाका शीर्ष नेताहरूबीच छलफल गरी २१ गतेसम्म निर्वाचन सक्ने निर्णय भएको छ ।

दाङमा कांग्रेसका १८ हजारभन्दा धेरै क्रियाशील सदस्य छन् । वडा अधिवेशनबाट वडामा सभापतिसहित कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधिहरू चयन गर्नेछन् ।

Published : Friday, 2021 September 3, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया