देउवाद्वारा खनालसँग भेट, स्वास्थ्य अवस्थाको जानकारी लिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

काठमाडौंको डल्लुस्थित निवासमा खनालसँग देउवाले भेट गरेका हुन् । भेटमा देउवाले स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।

खनालले भारतको राजधानी नयाँदिल्लीमा मिर्गौलाको उपचार गरेर केही दिन अगाडि काठमाडौं आएका हुन् । खनाल नेकपा (एकीकृत समाजवादी)का नेता समेत हुन् ।

देउवाले यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

Published : Thursday, 2021 September 2, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया