बर्दियाका नेताहरू भन्छन्, ‘गाउँका कार्यकर्ताले बचाएको कांग्रेसमा अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’

राजापुर । नेपाली कांग्रेसका नेताहरूले १४औँ महाधिवेशनलाई सहमति, सहकार्य र मेलमिलापको नीतिका साथ विगतका तिक्तताहरू अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बर्दिया जिल्लाको राजापुर नगरपालिकामा बुधबार वडा नं. ९, ३ र ५ मा आयोजित कृयाशील भेलालाई सम्बोधन गर्ने क्रममा नेताहरूले विगतमा जे जस्ता तितामीठा कुरा भए पनि मिलेर जानुपर्ने समय आएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहितले कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । उनले महाधिवेशनबाट आउने नयाँ नेतृत्वले अबको निर्वाचनमा बहुमत ल्याउने बताए ।

कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले कांग्रेसका कार्यकर्ताहरूका कारण कांग्रेस गाउँमा बलियो अवस्थामा रहेको बताए । उनले भने, ‘नेताहरूमा कमिकमजोर छन् । ती कमिकमजोरीलाई अन्त्य गरेर जानुपर्छ । हामी पनि सुध्रिनुपर्छ ।’

पार्टीको १४औँ महाधिवेशनले युवाहरूलाई ठाउँ दिनेमा आफू आशावादी रहेको उनले बताए । उनले भने, ‘अग्रजलाई हामीले सम्मान गर्नुपर्छ । अग्रजबाट युवाहरूलाई प्रोत्साहन हुनुपर्छ ।’

सहभागी नेताहरूले कम्युनिस्टहरूले जनतालाई झुक्काएर भोट पाए पनि साढे तीन वर्षमा दुईतिहाइ बहुमत पाएका कम्युनिस्टहरूको हबिगती के भयो भन्ने कुरा छर्लङग भएको बताए ।

Published : Wednesday, 2021 September 1, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया