प्रदेश २ मा ५४ मध्ये महन्थ ठाकुरतिर १४ सांसद खुले

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का १० जना सांसदले प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् ।

प्रदेश २ मा लोसपा अध्यक्ष महन्थ ठाकुरसँगको छलफलपछि बुधबार १० जना प्रदेश सांसदले सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरूमा परमेश्वर साह, जयनुल राइन, गौरीनरायण साह, सुरिता साह, निलम भूमिहारनी, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकीशरण साह रहेका छन् । उनीहरू जसपा परित्याग गरेर लोसपामा प्रवेश गरेका छन् ।

प्रदेश सांसदहरू जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले पछि सनाखत गर्ने भनेका छन् । प्रदेश सांसद रानी शर्मा पनि लोसपामा खुलेर सनाखत गर्ने सोनालको दाबी छ ।

लोसपामा जसपाका १४ जना सांसद खुलेका छन् । जसपाका ५४ सांसदमध्ये १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको स्रोतले जनाएको छ । थप ४ जनालाई लोसपामा ल्याउने प्रयास भइरहेको छ ।

Published : Wednesday, 2021 September 1, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया