ओलीका मन्त्रीले राजीनामा दिए, एकाबिहानै बालकोटलाई तनाब

हेटौँडा । एमालेका नेता समेत रहेका बग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले बुधबार बिहान मन्त्री पदबाट राजीनामा दिएका छन् ।

शर्माले मन्त्री पदबाट राजीनामा दिएपछि एमाले नेतृ एवम् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई तनाब भएको छ । शाक्यको सरकार ढल्ने भएपछि बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ठूलो तनाब भएको छ ।

मंगलबार उनले औपचारिक रुपमा बाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए ।

Published : Wednesday, 2021 September 1, 9:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया