अमेरिकी जहाज कोरोनाविरुद्धका सामग्रीसहित काठमाडौं उत्रियो, सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाललाई अमेरिकाले कोरोनासम्बन्धी उपचारमा सहयोग होस् भनेर विभिन्न सहयोगहरू गरेको छ ।

अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभिड–१९ सम्बन्धी सहयोगकै क्रममा अमेरिकी उथाह नेश्नल गार्डले थप सहयोग नेपाल ल्याइपुर्‍याएको नेपालका लागि अमेरिकी राजदूतावासले जनाएको छ ।

गैर आवासीय नेपाली संगठनसहितका संस्थाको सौजन्यमा प्राप्त यी कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरू मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

Published : Tuesday, 2021 August 31, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया