जोन्सनको खोप माग गरेर युवाहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगारीमा जान सबै प्रक्रिया पूरा गरेका युवाहरूले जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप लगाउन माग गरेर प्रदर्शन गरेका छन् ।

युवाहरूले मंगलबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । उनीहरूले एक डोज लगाए हुने खोप लगाइदिन माग गरेका छन् ।

रोजगारदाता देशहरूले खोपलाई अनिवार्य गरेपछि नेपाली कामदारहरूले खोप लगाइदिन आग्रह गरेका छन् ।

भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरू घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै सडकमा निस्किएका हुन् ।

महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा सोमबार राति ९ बजेदेखि लाइनमा बसेका उनीहरूलाई मंगलबार बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

खोप कार्यक्रमकमा प्रमुख डा.झलक शर्माले जोन्सन एण्ड जोन्सन खोपको मौज्दात सकिएको बताएका छन् । उनले अन्य खोपहरू लगाउन सकिने भन्दै दुई डोजवाला खोप लगाउन अनुरोध गरेका छन् ।

Published : Tuesday, 2021 August 31, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया