एनआरएनएको युवा संयोजकमा सापकोटाको उम्मेदवारी घोषणा

क्यानडा । क्यानडामा बस्दै आएकी विमला सापकोटाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को युवा संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

सापकोटाले आफूलाई मतदान गर्न विश्वभरि छरिएर रहेका एनआरएनएका मतदाताहरूसँग अपील गरेकी छिन् । उनले एनआरएनएमा रहेर युवाहरूका लागि सुधारका कार्यक्रमहरू ल्याउनुपर्ने मान्यताका साथ उम्मेदवारी घोषणा गरेको जनाएकी छिन् ।

सापकोटा सन् २०१३ देखि एनआरएनएको अभियानमा जोडिएकी हुन् । उनले एनआरएनएमा रहेर धेरै कामहरू गरेकी छिन् । एनआरएनएको अक्टोवरमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

नेपालमा नवलपरासी जिल्लाको गैँडाकोटमा जन्मिएकी सापकोटा सन् २०१२ देखि क्यानडामा बसोबास गर्दै आएकी छिन् । उनी हाल पोखराकी बासिन्दा हुन् ।

सन् २०१७ देखि १९ सम्म एनसीसी क्यानडाको महिला संयोजक भएर काम गरेको अनुभव सापकोटासँग छ । सन् २०१९ देखि उनी अमेरिकी क्षेत्रीय युवा संयोजक भएर काम गरिरहेकी छिन् ।

सापकोटाले एनआरएनएको विश्व स्वास्थ्य समितिमा आवद्ध भएर महिला, बालबालिका तथा युवासँगको कार्यक्रम सफलतापूर्वक संयोजन गरिसकेकी छिन् ।

Published : Tuesday, 2021 August 31, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया