गगनले देशभरि तरंग ल्याइदिए, सिटौला समूहको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेसँग तरंग ल्याइदिएका छन् ।

सोमबार काठमाडौं महानगरपालिका– ३० मा आयोजित क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

त्यसबेला नेता कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवार बनेका थिए । थापाले ५८४ मत पाएका थिए । पुरानो गुटभित्र परामर्श नै नगरेर थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा सिटौला समूहमा खैलाबैला भएको छ ।

थापाका ससुरा अर्जुननरसिंह केसी सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । महामन्त्रीमा रामचन्द्र पौडेल समूहका शशांक कोइराला निर्वाचित भएका थिए ।

थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन । समूह टुंगो नलाग्दै थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेर तरंग ल्याइदिएका छन् । टिम वा समूह भएन भने थापा फेरि पनि महामन्त्री पदमा पराजित हुने सम्भावना उत्तिकै छ ।

कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।

दुई दिन अगाडि कांग्रेसका उप–सभापति विमलेन्द्र निधीले १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन घोषणा गरेका छन् ।

बानेश्वरको थापागाउँमा निधीले मासिक लाखौँ रुपियाँ भाडा तिर्ने गरेर महँगो पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

Published : Monday, 2021 August 30, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया