यो निर्णयसँगै आईजीपीमा प्रतिस्पर्धा, एकाधिकार तोडियो

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो । केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो ।

एआईजीमा बढुवा भएका थापा अब विश्वराज पोखरेलसँगै प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा आएका छन् ।

आईजीपीको बढुवा लाइनमा एआईजी पोखरेल यसअघि एक्ला व्यक्ति थिए । प्रधानमन्त्री खड्गप्रसाद ओलीले नै पोखरेललाई बढुवा गरेका थिए ।

अहिले आएर थापालाई पोखरेलको प्रतिस्पर्धी बनाइदिएर चकित बनाएका छन् । एआईजी पोखरेललाई जुनियर बनेर प्रहरीभित्र आलोचना हुँदै आएको थियो ।

Published : Friday, 2021 July 9, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया