गृह सचिव बन्न ‘ओम्नी काण्ड’मा मुछिएका कोइरालाद्वारा मिडिया ट्रायल, कांग्रेसीहरू खुसी

काठमाडौं । गृह सचिव बन्न सरकारलाई दवाव बनाउन यादव कोइरालाले मिडिया ट्रायल गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कोइरालाले बढाचाइ चढाइ गर्न लगाएर केही साप्ताहिक र अनलाइनहरूमा आफ्नो पक्षमा समाचारहरू लेखाएका छन् । कोइरालाले कुनै पनि हालतमा गृहको सचिव बनेर गृह मन्त्रालयमा जान खोजेका छन् ।

बामदेव गौतमसहित एमाले निकटका नेता र नेपाली कांग्रेसका पूर्व गृहमन्त्रीहरूमार्फत कोइरालाले गृह सचिव बन्न लविङ गर्दै आएको आरोप छ ।

कोइरालाले गृह मन्त्रालयको सचिव हत्याउन समाचारहरूमा आफ्नो बयान लेखाएर सबै प्रयासहरू गरेको खुलासा भएपछि सचिवहरू चकित परेको चर्चा सिंहदरबारतिर छ ।

ओम्नी काण्डमा मुछिएका कोइरालाले आफू निकटका कर्मचारीहरूसँग प्रधानमन्त्री केपी ओली र गृहमन्त्री विष्णु पौडेललाई आफूले कन्भिन्स गरिसकेको बताउने गरेको स्रोतको भनाइ छ ।

विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव रहेका बेला कोइराला ओम्नी काण्डको विवादमा मुछिएका थिए । कोइरालाकै कारण ओम्नी काण्ड र स्वास्थ्य सामग्री खरिदमा सरकारको ठूलो बद्नाम भएको थियो ।

उता, कोइराला गृह सचिव हुने हल्लासँगै कांग्रेसका नेताहरूमा खुसीयाल छाएको छ । आउँदै गरेका प्रतिनिधि सभा निर्वाचनमा कोइरालामार्फत सहयोग हुन्छ कि भन्ने अपेक्षा कांग्रेसीहरूको छ ।

Published : Wednesday, 2021 July 7, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया