जसपाका नेता यादवको पहलमा कल्याणपुरको डोकहा सडकमा ढलान

कल्याणपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता एवम् निवर्तमानमन्त्री राजकिशोर यादवले सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–११ डोकहा टोलको सडकमा ढलान गरिदिएका छन् ।

नेता यादवले सांसद विकास कोषको रकमबाट सडकलाई ढलान गरिदिएका हुन् । सडक कच्ची भएका कारण सर्वसाधारणलाई हिँड्न समस्या थियो ।

नेता यादवले सडकलाई ढलान गर्न बजेट छुट्याइदिएका थिए । जसपाका स्थानीय नेताहरूको सहयोगमा सडक ढलान भएको छ ।

आफ्नो क्षेत्रको विकासमा नेता यादवले विशेष ध्यान दिँदै आएका छन् । प्राथमिकताका आधारमा उनले बजेट दिएर विकासका काममा सहयोग गर्दै आएका छन् ।

Published : Tuesday, 2021 July 6, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया