दोलखाका खतिवडा तरुण विभागको प्रदेश सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले पर्वत खतिवडालाई बागमती प्रदेशको सदस्यमा मनोनयन गरेका छन् ।

दोलखा जिल्लाको कालिञ्चोक– २ निवासी खतिवडालाई विभागको बागमती प्रदेश सदस्यमा मनोनयन गरिएको पत्रमा उल्लेख छ ।

विभागका प्रमुख भण्डारीले सदस्य खतिवडालाई जिम्मेवारी अनुसार नेपाली कांग्रेसको संगठन निर्माणमा ईमान्दारिताका साथ लाग्न निर्देशन समेत दिएका छन् ।

Published : Monday, 2021 July 5, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया