वीरगञ्जमा नेविसंघको प्रदर्शन, ओलीविरुद्ध नारावाजी
वीरगञ्ज । नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमनविरुद्ध वीरगञ्जमा प्रदर्शन गरेको छ ।
सोमबार वीरगञ्जको घण्टाघरमा जम्मा भएका नेविसंघका नेता कार्यकर्ताले ओलीविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।
स्वास्थ्य मापदण्ड अपनाएर प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले ‘ओली सरकार मर्दावाद’, ‘प्रतिगमन मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेविसंघले विरोध गर्दै आएको छ । काठमाडौंसहित देशभरि नेविसंघले प्रदर्शन गर्दै आएको छ ।
Published : Monday, 2021 July 5, 11:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया