कास्की कांग्रेसका नेता कुँवरको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता रामजी कुँवरको ६८ वर्षको उमेरमा निधन भएको छ ।

कुँवरको सोमबार उपचारका क्रममा काठमाडौंमा निधन भएको नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

कुँवरलाई कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको सभापति केसी जानकारी दिए ।

स्व.कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका नेता समेत हुन् । पोखरा निवासी कुँवर पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए ।

Published : Monday, 2021 July 5, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया