ओलीले पोलमा फोटो टाँसेर शुरु गरेको कोषको विरोध, वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज । सामाजिक सुरक्षा भत्ताको विरुद्धमा वीरगञ्जका वाणिज्य बैंकका कर्मचारीहरू आन्दोलित भएका छन् ।

सामाजिक सुरक्षा कोषमा आफूहरूलाई जबरजस्ती आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती गरेको वाणिज्य बैंकका कर्मचारीहरू आन्दोलित भएका हुन् ।

सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफूहरू विरोधमा उत्रिएको वीरगञ्ज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्गीले बताए ।

कोषमा आवद्ध हुन नसक्किने ५ वटा कारण देखाउँदै बैंकरहरूले सोमबार दियालो लर्ड्स प्लाजा होटल छेउमा रहेको पूरानो बसपार्कमा केहि बेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरू समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापि संलग्न हुन नसकिने ग्रुपका अध्यक्ष खड्गीले बताए ।

कोषमा आबद्ध भएपछि आइएलएफ सम्बन्धीमा भएको ब्यवस्था अनुसार सामूहिक सौदाबाजी गर्न पाइनेछैन ।

यसअघि खाइपाइ आएको तलब घट्नेछ । सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद सृजना हुनेछ । सरकारी स्वामित्का तीन बैंक आबद्ध हुनुपर्दछ ।

सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिनेछ । सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुनेछ ।

सरकारले सामाजिक सुरक्षा कोष लाद्न खोजेपछि केही पुराना बैंकरहरूले राजीनामा दिएका छन् । थप यस पेशबाट अलग हुने मनस्थितिमा पुगिसकेको एक बैंकरले बताएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले तीन वर्ष अगाडि नयाँ युगको शुरुवात भन्दै काठमाडौंमा रातारात बिजुलीको पोलमा आफ्नो तस्बिरहरू झुण्ड्याउन लगाएर भब्य तामझामका साथ उद्घाटन गरेका थिए ।

कोषले विभेदकारी नीति अख्तियारी गरेपछि निजी बैंकका कर्मचारीहरू बाध्य भएर विरोध गर्न सडकमा उत्रिनुपरेको छ ।

Published : Monday, 2021 July 5, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया