कांग्रेस नेता बस्नेतको पहलमा सिन्धुपाल्चोकका अस्पतालहरूलाई रेफ्रीजेरेटर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा सिन्धुपाल्चोक जिल्लामा ब्लड राख्नका लागि आवश्यक पर्ने रेफ्रीजेरेटर उलब्ध गराइदिएका छन् ।
नेपाली कांग्रेसको बाढीपहिरो विपत व्यवस्थापन समन्वय समितिका संयोजक समेत रहेका नेता बस्नेतले ३ वटा अस्पतालहरूलाई ब्लड स्टोरेज गर्न रेफ्रीजेरेटर उपलब्ध गराउन लागेका हुन् ।
रेफ्रीजेरेटरको व्यवस्था हुनेवित्तिकै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले रक्तदान कार्यक्रम गर्नेछन् । सिन्धुपाल्चोकका जनतालाई उपचारमा रगत अभाव नहोस् भनेर रक्तदान गर्ने कार्यक्रम बनाइएको बस्नेतले बताएका छन् ।
सिन्धुपाल्चोकका अस्पतालहरूमा रेफ्रीजेरेटर नहुँदा ब्लड राख्न समस्या पर्दै आएको चिकित्सकहरूले गुनासो गरेपछि कांग्रेस नेता बस्नेतले तीन वटा रेफ्रीजेरेटर उपलब्ध गराइदिएका छन् ।
‘थोरै समयभित्र ३ वटा अस्पतालमा ३ वटा रेफ्रीजेरेटर राख्ने प्रबन्ध मिलाएको कुरा सुनाउन पाउँदा खुसी लागेको छ’, नेता बस्नेतले भनेका छन् ।
असार १९ गते बाह्रबिसे अस्पतालमा रेफ्रीजेरेटर राख्नका लागि बलेफी गाउँपालिका–८ निवासी व्यवसायी एवम् नेपाली कांग्रेसका युवा नेताद्वय सुभाष तिमिल्सिनाले ४ चार लाख र उमेश प्रधानले १ लाख रुपियाँ उपलब्ध गराएका छन् ।
कांग्रेस नेता बस्नेतले रेफ्रीजेरेटर किन्नका लागि आर्थिक सहयोग गर्ने तिमिल्सिना र प्रधानर्लाइ धन्यावाद दिएका छन् ।
रेफ्रीजेरेटर अडर भैसकेको छ । आइतबार नै रेफ्रीजेरेटरहरू तुरुन्त अस्पताल पुर्याइनेछ ।
मेलम्चे अस्पतालमा रेफ्रीजेरेटर र भेण्टिलेटर राख्न मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधिकर्मीको नेतृत्वको टीमले एघार लाख एघार हजार एक सय एघार रुपियाँ यस अगाडि नै मेलम्चे नगरपालिकाका मेयरलाई हस्तान्तरण गरिसकेको कांग्रेस नेता बस्नेतले बताएका छन् ।

चौतरा अस्पतालमा रेफ्रीजरेटर राख्नका लागि युवा ब्यवसायी एवम् नेपाली कांग्रेस भोटेकोशी गाउँपालिकाका कोषाध्यक्ष अमृत कार्कीले आफ्नै समूहबाट तुरुन्तै ब्यवस्था गरीदिने वचन दिएको बस्नेतले बताएका छन् ।
‘मानवीय संवेदनाको पुनित कार्यमा सहयोग गर्ने सम्पूर्ण साथीहरूलाई उच्च मूल्यांकन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।
कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा बाढी पहिरोका बेला उद्धार र राहतका साथै कोरोना महामारीका बेला स्वास्थ्य सामग्री वितरण, खाद्यान्न सहयोग, कोरोना अस्थायी अस्पताल निर्मार्णदेखि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया