सिन्धुपाल्चोकका पीडितलाई सरकारले सक्दैन भने म ३ सय त्रिपाल दिन्छुः कांग्रेस नेता बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले विपतका सिन्धुपाल्चोकका जनतालाई सरकारले ५० बोरा चामल पठाएर लापरबाही गरेको टिप्पणी गरेका छन् ।

शनिबार ललितपुरको कुपण्डोलमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता बानियाँले सामन्य व्यक्तिले गर्ने सहयोग जस्तो गरेर सरकारले विपत्तीमा जनतालाई सहयोग गरेको भन्दै आक्रोश पोखे । विपतमा परेका सिन्धुपाल्चोकका जनतालई सरकारले सहयोग गर्न सक्दैन भने आफूले सहयोग गर्न तयार रहेको बताए ।

‘सिन्धुपाल्चोकमा त्यति ठूलो विपत्त गयो । विपतमा सरकारले के गरेको छ ? सरकारले लजमर्दो काम गरेको छ’, उनले कम्युनिस्ट सरकारसँग प्रश्न गर्दै भने, ‘५० बोरा चामल, ४ बोरा दाल, १२ कार्टुन चाउचाउ । यस्तो छ सामान्य व्यक्तिले गर्ने काम सरकारले गरेपछि पीडितले कसरी राहत पाउँछ ?’

‘पीडितलाई त्रिपाल छैन । तत्काल ३ सय त्रिपाल चाहिन्छ भने म व्यक्तिगत रुपमा दिन्छु । सरकारले ३ सय त्रिपाल दिन सक्दैन ? ३ सय बोरा चामल दिन सक्दैन ?’, आक्रोश पोख्दै कांग्रेस नेता बानियाँले भने, ‘यो सरकार गरिवको सरकार होइन । विपतका बेला पनि साथ नदिने सरकार कसैको पनि होइन । यो सरकारले विपतमा परेकाको पीडा सम्बोधन गर्ने देखिएन ।’

केन्द्र सरकार र बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ ।

सरकारले पीडित जनतालाई सामान्य झाराटार्ने खालको सहयोग गरेर समय विताएपछि कांग्रेस नेता बानियाँले सरकारले सहयोग नगरे आफूले व्यक्तिगत रुपमै सहयोग गर्ने बताएका हुन् ।

Published : Saturday, 2021 June 19, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया