यस्तो छ कांग्रेसको महाधिवेशनसम्बन्धी नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीहरूले तयार पारेको संशोधित कार्यतालिकालाई पारित गरेको हो ।

गाउँ/नगर वडा अधिवेशन २०७८ साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन–२०७८ साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन–२०७८ साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– २०७८ साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन–२०७८ साउन २६ गते, प्रदेश अधिवेशन–२०७८ भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन– २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने गरी निर्णय भएको छ ।

कांग्रेसको महाधिवेशन कोरोना महामारीका कारण प्रभावित हुँदै आएको छ ।

Published : Friday, 2021 June 18, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया