कांग्रेसद्वारा यी सात जिल्लाको विवाद मिलाउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले तराईका ७ जिल्लाको समायोजनसम्बन्धी विवाद केन्द्रीय निर्वाचत समितिलाई मिलाउन पुनः निर्देशन दिएको छ ।

सानेपामा कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा र पर्सा जिल्ला समेतको स्थानीय तह संगठन पुनर्संरचना समोजनको विवाद मिलाएर प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष केन्द्रीय निर्वाचन समितिबाट चैत्र १३, २०७७ मा प्रस्तुत प्रतिवेदन अनुसार सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सा जिल्ला समेतको स्थानीय तह संगठन पुर्नसंरचनाको समायोजन गरिएकोमा, समायोजनको निर्णय उपर केही उजुरी र गुनासाहरु प्राप्त भएको र सो उजुरी तथा गुनासाहरुको निर्णय गरिसक्दा समेत निर्देशिका बमोजिम भएन भनी पटक–पटक समिति समक्ष उजुरी तथा गुनासाहरू आएको र त्यस्ता उजुरी र गुनासाहरू केन्द्रीय निर्वाचन समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिवेदनसहित पठाइएको थियो’, विज्ञप्तिमा भनिएको छ ।

‘उल्लेखित जिल्ला समेतको पार्टी अन्तरिम संरचना समायोजन सम्बन्धी उजुरी र गुनासाहरुको नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ आषाढ १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेश गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2021 June 17, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया