इजरायलका नेपालीहरूले पाए कांग्रेसको क्रियाशिल सदस्यता

काठमाडौं । नेपाली कांग्रेसले इजरायलबाट आएको क्रियाशिल सदस्यता स्वीकृत गरेको छ ।

सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले इजरायलबाट नेपाली जनसम्पर्क समितिले पठाएको कागजात र क्रियाशिल सदस्यताको नामावली स्वीकृति गरेको हो ।

‘नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णय लगायतका आवश्यक कागजातसहित पेश हुन आएकोले क्रियाशील सदस्यता स्वीकृत गर्ने’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 June 17, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया