स्वार्थले खजिन उत्खनन् गर्दैमा व्यापार घाटा कम हुँदैनः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले चुरे दोहोन गरेर निर्यात गर्दा व्यापार घाटा कम नहुने बताएका छन् ।

जुम मिटिङलाई बुधबार सम्बोधन गर्दै डा.महतले उत्खननलाई रोक लगाएको निर्णयलाई अहिलेको सरकारले खुला गरेर चुरेको दोहोन गर्न बाटो खोलेको बताए । उनले चुरे दोहोन गरेर राज्यको व्यापार घाटा कम नहुने बताए ।

उनले चुरेको संरक्षण गर्नुपर्ने भन्दै वातावरण बचाउन सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

उनले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार चारैतिरबाट जनताको विश्वास गमाएर गएको बताए ।

‘सरकार सबैतिरबाट विश्वास गुमाएको छ’, डा.महतले भने, ‘सरकार नीतिगत भ्रष्टाचार गरेको छ । व्यापार घाटा कम गर्न चुरे दोहोन गरेर निर्यात गर्दा पनि घाटा पूरा हुँदैन ।’

खानी उत्खनन् गरेर भारत निकासी गर्ने कार्यले चुरे विकास भएर कालान्तरमा तराई–मधेस डुबानमा पर्ने उनले बताए । त्यसको प्रत्यक्ष असर भारतमा पर्ने उल्लेख गरे ।

निहीत स्वार्थ र विचार शून्यताका कारण खनिज उत्खननको निर्णय गरेर बजेटमा राखेको भन्दै सह–महामन्त्री डा.महतले उत्खननले बजेट घाटा रोक्न नसक्ने बताए ।

Published : Wednesday, 2021 June 16, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया