वरिष्ठ पत्रकार टंक पन्तले पाए नयाँ जिम्मेवारी

काठमाडौं । वरिष्ठ पत्रकार टंक पन्त जनता टेलिभिजनको समाचार प्रमुखमा नियुक्त भएका छन् ।

पन्तलाई जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट सञ्चालित जनता टेलिभिजन, रेडियो जनता ८९.१ र जनता समाचार डटकमको समाचार प्रमुखका रुपमा जिम्मेवारी दिइएको हो ।

पन्तले २०४८ सालमा समाज दैनिकबाट पत्रकारिता प्रारम्भ गरेका हुन् । उनले दुई दशक बढी समय नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा काम गरिसकेका छन् । पछिल्लो समय पन्त नेपाल समाचारपत्रको सम्पादक थिए ।

नेपाल टेलिभिजन सञ्चालक समितिमा दुई कार्यकाल सदस्य रहेका पत्रकार पन्त नेपाल सरकारबाट प्रदान गरिने प्रबल जनसेवाश्री चतुर्थ श्रेणीसहित दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानपदवी र पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।

Published : Wednesday, 2021 June 16, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया