पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

पाल्पा । पाल्पा जिल्लामा लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर एकजनाको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका मदन भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । (फाइल तस्वीर)

Published : Wednesday, 2021 June 16, 12:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया