तरुण विभागका प्रमुख भण्डारीको आह्वानले बालुवाटारको होस उड्यो, देशभरि कांग्रेसको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली पूरै असफल भएको भन्दै निषेधाज्ञाको बिकल्प खोज्न आग्रह गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले मंगलबार विज्ञप्ति जारी गरेर कोरोना नियन्त्रणका नाममा निषेधाज्ञा मात्रै लगाउने सरकारको कार्यको विरोध गरेका छन् । सरकारले निषेधाज्ञाका बेला रोजगारी गुमाएका जनताका विषयमा राहतको व्यवस्था नगरेको भन्दै भण्डारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘अन्य कुनै प्रयत्न नगर्ने तर, निषेधाज्ञा मात्र थप्ने सरकारी रवैयाले विद्यमान समस्याको समाधान होइन झन् थप संकट मुलुकमा निम्त्याउनेछ’, उनले भने, ‘त्यसैले निषेधाज्ञाको विकल्प खोज्दै नागरिकको जीवन रक्षालाई सुनिश्चित गर्दै जनजीवनलाई सहज बनाउनेतर्फ सरकारको ध्यान जाओस् भनि अनुरोध गर्दछु ।’

‘सरकारले निषेधाज्ञालाई मात्र कोरोना रोक्ने उपायको रुपमा लिएको देखिन्छ’, उनले भने, ‘श्रमजीवी, गरिब तथा असहायलाई कुनै पनि प्रकारको राहत राज्यले उपलब्ध गराएको छैन ।’

नेता भण्डारीले भने, ‘अहिलेको अवस्थामा उनीहरूको जीवन कति कष्टपूर्ण भएको होला भन्ने सामान्य हेक्का पनि सरकारलाई छैन ।’

‘सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प हुँदा मुलुकको अर्थतन्त्र चौपट भएको छ’, उनले भने, ‘लाखौंको रोजगारी गुमेको छ र कंैयन परिवार गरिबीतर्फ धकेलिएका छन् ।’

‘मानवजीवन संकटपूर्ण बनेको छ’, भण्डारीले भने, ‘यसको लागि निषेधाज्ञा थप्ने मात्र होइन स्वास्थ्य सुविधाको प्रबन्ध गर्ने, आधारभूत स्वास्थ्य मापदण्ड पूरा गर्न लगाउने, खोपको यथासक्य छिटो प्रबन्ध गरी निषेधाज्ञा हटाउनु आवश्यक छ ।’

कांग्रेस नेता भण्डारीले कम्युनिस्ट सरकार कोरोना माहामारी नियन्त्रण गर्ने कार्यमा पूरै असफल भएको बताएका छन् ।

‘सरकारले कोरोनाविरुद्ध लड्न आवश्यक स्वास्थ्य सुविधा विस्तार, खोपको प्रबन्ध, कोरोना परीक्षण तथा आधारभूत र नियमित स्वास्थ्य सुविधाका उपलब्धता आदि कुनै पनि क्षेत्रमा केही पनि काम नगर्दा मुलुकमा निराशाजनक अवस्था सिर्जना भएको छ’, उनले भनेका छन् ।

‘ज्येष्ठ नागरिकलाई दिनुपर्ने दोस्रो डोजको खोप ल्याउन समेत कुनै चासो नराख्दा अन्यांैलता थपियो’, उनले भने, ‘मुलुकको सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प छन् ।’

‘श्रमिक, गरिब, अशक्त, असहाय आदिको जीवन अस्तित्व नै संकटमा परेको छ’, भण्डारीले भने, ‘लाखांै विद्यार्थीको भविष्य अन्यौतलातर्फ धकेलिएको छ ।’

‘यो असंवैधानिक सरकार सारा लाज पचाएर जनताको दुःख मर्काको कुनै वास्ता नगरी मनपर्दी ढंगबाट हिँडिरहेको छ’, भण्डारीले भने, ‘जनताहरू अभिभावक विहीन भएका छन् । जनताको दुःखमा सरकारको उपस्थिति कहीँकतै देखिदैन ।’

‘समय समयका अर्थहिन सम्बोधन, फोस्रा विज्ञप्ती र झुट्टा आस्वासन बाड्ने भन्दा थप कार्य सरकारले केही गर्न सकेन’, उनले भने, ‘भ्रष्टाचार, अनियमितता र विकृत सत्ताको खेलमा सरकार चुर्लुम्म डुबेको छ ।’

‘सरकारले दोस्रो लहरको कोरोनाको कारण निषेधाज्ञा जारी गरेको पनि ४५ दिन पूरा भएको छ’, उनले भने, ‘यो अवधि नागरिकको जीवन रक्षाको दृष्टिकोणले निकै पिडादायी र अस्तव्यस्त रह्यो ।’

‘अक्सिजनको चरम अभावले गर्दा कैंयन व्यक्तिले अकालमा ज्यान गुमाउनु प¥यो’, भण्डारीले भने, ‘कंैयन व्यक्तिहरू गम्भीर स्वास्थ्य समस्या झेल्दै हुनुहुन्छ ।’

‘कोरोनाका कारण ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामना गर्दछु र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, उनले भने, ‘संक्रमित भएर उपचारको क्रममा रहनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

कांग्रेस नेता भण्डारीले सबैलाई यस कठिन घडीमा संयमताका साथ आफ्ना क्रियाकलाप गर्न आग्रह गरेका छन् ।

एमाले र प्रधानमन्त्री ओली असंवैधानिक हर्कत गरेर आफ्नो प्रधानमन्त्री पद बचाउन लागेका बेला कांग्रेसको तरुण विभागका प्रमुख भण्डारीले निषेधाज्ञाको विकल्प खोज्न आग्रह गरेका छन् ।

Published : Tuesday, 2021 June 15, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया