एमालेकै भ्रातृ संगठनद्वारा ओलीको राजीनामा माग
काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनालनिकटको युवा संघ नेपाल एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई एउटा पदबाट राजीनामा दिन माग गरेको छ ।
युवा संघको बागमती प्रदेश कमिटीले मंगलबार विज्ञप्ति जारी गरेर ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन माग गरेको हो ।
संघले एक पदलाई कायम गर्ने गरी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिन माग गरेको छ ।
युवा संघले ओलीलाई एक पद त्यागेर पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न माग गरेको छ ।
प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्ने आत्मालोचना गरेर अघि बढ्न समेत माग गरेको वक्तव्यमा उल्लेख छ ।
युवासंघ नेपालले एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरेको छ ।
विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटो हुने भन्दै नेताहरूलाई एक ठाउँमा राखेर सो कमिटी ब्युँताएर बैठक बोलाउन माग युवा संघले गरेको छ ।
ओलीले एमालेलाई कब्जा गरेको भनेर नेपाल–खनाल समूहले विरोध गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया