देउवा–नेपालबीच गम्भीर कुराकानी, दाहाल अकस्मात आइपुगे, बालुवाटार डरले थुरुरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित एमालेका वरिष्ठ नेता नेपालको निवासमा सोमबार भेटवार्ता भएको हो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र कसरी अगाड बढ्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले वरिष्ठ नेता नेपाल समूहलाई फकाउने र विपक्षी गठबन्धन भत्काउने योजना बनाइरहेका बेला देउवा, दाहाल र नेपालबीच वार्ता भएको छ ।

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता नेपालबीच सम्वाद भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि बोलाइएको थियो । दाहाललाई आधा घण्टाभित्र नेपाल निवास पुगेको स्रोतले जनाएको छ ।

तीन शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए । यसअघि सभापति देउवाको निवास बुढानिकलण्ठमा भेटवार्ता हुने गरेको थियो ।

देउवा, नेपाल र दाहालबीच पहिलो पटक कोटेश्वरमा गम्भीर वार्ता भएको छ ।

गण्डकी प्रदेशमा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर नेपाली कांग्रेसको सरकार बनाएको दुई दिनपछि तीन शीर्ष नेताहरूबीच वार्ता भएको छ ।

नेपालको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप बढेको भनेर संयुक्त विज्ञप्ति जारी गरेका उनीहरूले ओलीको पछिल्ला गतिविधि र हर्कतको विरोध गर्दै आएका छन् ।

देउवा, दाहाल र नेपालबीच भएको वार्तालाई लिएर ओलीले चिन्ता जनाएको स्रोतको भनाइ छ । विपक्षी गठबन्धनको मोर्चा विथोल्न ओलीले प्रयास गरिरहेका बेला तीन शीर्ष नेताहरूका सम्वाद हुनुलाई फेरि कुनै बोल्ड निर्णयको तयारी गरेको हुन सक्ने बालुवाटारको आशंका छ ।

Published : Monday, 2021 June 14, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया